शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

दाङमा निषेधाज्ञा असार १ गतेसम्म

दाङमा निषेधाज्ञा असार १ गतेसम्म

 

 

दाङ । दाङमा असार १ गतेसम्म निषेधाज्ञा थप भएको छ । मंगलबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै असार १ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । वैशाख १७ देखि सुरु भएको निषेधाज्ञा विभिन्न समयमा थप गर्दै मंगलबारसम्म कायम थियो ।

बुधबारदेखि बिहान ६ देखि १० बजेसम्म खाद्यान्नलगायत अन्य पसलहरु पनि खुल्न पाउने भएका छन् । यसअघि खाद्यान्न लगायतका अत्यावश्यकीय पसलमात्रै प्रत्येक दिन बिहान ६ देखि ८ बजेसम्म खुल्दै आएका थिए । बैठकले होटेल, रेस्टुरेन्टु, चिया पसल, फिल्म हल, जिमखाना, शैलुनलगायतका संवेदनशील व्यवसाय भने बन्द नै राख्ने निर्णय गरेको छ ।

 

यसैगरी बैंक तथा वित्तीय संस्थाहरु प्रत्येक दिन बिहान १० देखि २ बजेसम्म खुल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । यसअघि बैंक तथा वित्तीय संस्था पालोपालो गरी एक बैंक सातामा दुई दिनमात्रै १० देखि २ बजेसम्म खुल्दै आएका थिए ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend