शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

बौद्धमा बोरामा प्याक गरिएको अवस्थामा शव फेला

बौद्धमा बोरामा प्याक गरिएको अवस्थामा शव फेला

 

 

काठमाडौं । काठमाडौंको बौद्धस्थित नयाँबस्तीमा बोरामा प्याक गरेको अवस्थामा एक जनाको शव भेटिएको छ। मंगलवार विहान बोराबाट बाहिर खुट्टा निस्किएको र जलेको अवस्थामा शव भेटिएको महानगरीय प्रहरी बीट बौद्धका प्रमुख डीएसपी नविन कार्कीले जानकारी दिए ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले सो क्षेत्रमा नेपाल प्रहरीको बौद्ध वृत्त र काठमाडौं परिसरको टोली पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी कार्कीले जानकारी दिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend