शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आंशिक देखि सामान्य बदली, केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

आंशिक देखि सामान्य बदली, केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

 

 

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहने र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

हाल देशमा स्थानीय वायुका साथै पश्चिमीरपूर्वी वायुको मिश्रित प्रभाव रहेको छ । अहिले देशका केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ अन्य स्थानहरू सामान्यतया सफा रहेको छ ।

आज दिउँसो प्रदेश १,२ बागमती, गण्डकी, कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । प्रदेश १, २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend