शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रचण्डको पार्टीमा फर्किन्नः टोपबहादुर रायमाझी

प्रचण्डको पार्टीमा फर्किन्नः टोपबहादुर रायमाझी

 

काठमाडौं । एमाले स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले आफू माओवादी केन्द्रमा कुनै हालतमा नफर्किने स्पष्ट पारेका छन् । केही सञ्चार माध्यमले आफ्नो नाम जोडेर फेरि माओवादीमा फर्किन लागेको भनेर समाचार प्रकाशित गरेको भन्दै उनले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘प्रचण्डमा रहेका कुर्सी मोह (पदलोलुपता), अस्थिरता, परिवारवाद एवं भ्रष्ट आचरणका कारण उहाँ राजनीतिक एवं वैचारिक रुपमा नै विचलित भई सिङ्गो पार्टीलाई विघटन एवं विसर्जनको दिशामा अगाडि बढाउदै कांग्रेस सभापतिको शरणमा पुगेको स्थिति छ’, उनले विज्ञप्तिमा भनेका छन्, ‘सुशासन सहितको स्थिरता मार्फत मुलकमा दिगो र चौतर्फी विकास एवं समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा एवं विकासका लागी अहिले हामी केपी ओलीको नेतृत्वमा छौं ।’
माओवादी औपचारिक रुपमा विघटनको घोषणा हुन बाँकीमात्रै रहेको दावी गर्दै उनले यस्तो अवस्थामा माओवादी केन्द्रको आयू बढाउनलाई भ्रमपूर्ण प्रचार गरिएको आरोप लगाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend