काठमाडौं । कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन्। अचानक उनको मुटुमा समस्या आएपछि उनलाई शनिबार बिहान काठमाडौंको गंगालाल अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोतका अनुसार उनलाई शुक्रबार राति देखि छाती दुखेको थियो।
साथै, ब्लड प्रेसर पनि तलमाथि भएपछि उनलाई शनिबार बिहानै अस्पताल लगिएको थियो। आइतबार उनको एन्जियोप्लास्टी गरेर स्टेन्ट हालिएको पारिवारिक स्रोतले जनाएको छ। अहिले उनको स्वास्थ्य अवस्थामा सुधार आइरहेको छ।
मदनकृष्णमा कोरोना भाइरसको संक्रमण अझै पनि पोजिटिभ देखिएको छ। जसकारण पनि उनको स्वास्थ्यमा समस्या आएको हुनसक्ने डाक्टरहरूले बताएका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend