सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनीमा नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै

लुम्बिनीमा नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदै

 

 

बुटवल । लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम सार्वाजनिक गर्ने प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए ।

मंगलबार नीति तथा कार्यक्रम ल्याउँने र असार १ गते बजेट प्रदेश सभाबाट ल्याउँने तयारी भएको उनले बताएका हुन् । प्रदेशका मुख्यमन्त्री अल्पमतमा रहेका बेला लुम्बिनी सरकारले बजेट तथा नीति संसदबाटै ल्याउँने तयारी गरिएको छ । नीति तथा कार्यक्रम र बजेट संसदबाटै बहुमतले पारित गरेर देखाउँने सरकारका प्रवक्ता चौधरीको दावी रहेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend