काठमाडौं । मंगलबारदेखि ज्येष्ठ नागरिकलाई चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइने भएको छ । ६० वर्षदेखि ६४ वर्ष उमेर समुहका ज्येष्ठ नागरिकलाई मंगलबारदेखि कोरोना भाईरसविरुद्धको खोप दिइने भएको हो ।
मंगलबारदेखि सञ्चालन हुने खोप अभियान २९ गतेसम्म पाँच दिन चल्ने र भिडभाड कम गराउनको लागि हरेक दिन फरक–फरक उमेरका ज्येष्ठ नागरिकलाई खोप दिइने प्रबन्ध मिलाइएको काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले बताए ।
पाँच दिनमा एक लाख ज्येष्ठ नागरिकलाई खोप दिने लक्ष्य राखिएको उनले बताए । दैनिक औसतमा २० हजारले खोप सुविधा पाउने भएका हुन् ।
काठमाडौं महानगरपालिकाले खोपका लागि ३२ वटा खोप केन्द्र तोकिसकेको र नजिकैको खोप केन्द्रमा गएर लगाउन सकिने प्रमुख शाक्यले बताए । ज्येष्ठ नागरिकसँगै आउने परिवारका अर्को ज्येष्ठ सदस्य भए पनि पालो नहेरीकन खोप लगाउन सहजीकरण गरिने उनले जानकारी दिए ।
महानगरले भिडभाड कम गर्न २६ गते ६३ वर्षका, २७ गते ६२ वर्षका, २८ गते ६१ वर्षका र २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप दिने व्यवस्था मिलाएको छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend