काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश १ मा कोरोना संक्रमितहरुको समुचित ढंगले उपचार गरिरहेको दावी गरेका छन । प्रदेश १ का बजेट अधिवेशनमा बोल्दै मुख्यमन्त्री राईले प्रदेशका विभिन्न अस्पतालहरुमा पूर्ण पूर्वाधारहरुको साथ संक्रमितहरुको उपचार भइरहेको उनले बताए ।
उनले अक्सिजन र आइसीयू जस्ता वस्तुहरुको पनि उचित व्यवस्थापन गरेर प्रदेश २ का सिराहा सप्तरीका अस्पतालहरुमा पनि प्रदेश १ ले उपलब्ध गराएको उल्लेख गरे ।
पहुचको भरमा प्रदेश १ ले खोप दिलाएको भन्दै चलेको चर्चाको खण्डन समेत गरे। धेरैतिरबाट पहुचको भरमा खोप दिएको चर्चा आएपछि सुष्म तरिकाले बुझेर तथ्य पत्ता लगाउँदा पहिलो डोज लगाएका व्यक्तिहरुले मात्रै लगाएको पत्ता लागेको उनले उल्ललेख गरे ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend