शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आजदेखि १० जिल्लामा निषेधाज्ञा थपियो

आजदेखि १० जिल्लामा निषेधाज्ञा थपियो

 

 

काठमाण्डौ । आजदेखि विभिन्न जिल्लामा लगाइएको निषेधाज्ञाको अवधि थप गरिएको छ । यसअघि लगाइएको निषेधाज्ञाको अवधि सकिएका १० जिल्लामा सम्बन्धित जिल्ला प्रशासनले आजदेखि निषेधाज्ञा थप गरेको गृह मन्त्रालयले जनाएको छ ।

बाँके, मोरङ, गुल्मी, बझाङ, कपिलवस्तु, ताप्लेजुङ, धनुषा, डोल्पा, म्याग्दी, सर्लाही जिल्लामा आजदेखि निषेधाज्ञाको अवधि सकिएको थियो । यी जिल्लामा आउँदो जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञाको अवधि थपिएको छ ।

अहिलेसम्म मनाङ र खोटाङबाहेक अरू ७५ जिल्लामा निषेधाज्ञा लगाइएको छ । सप्तरी र ताप्लेजुङमा भने निश्चित क्षेत्र तोकेर आंशिक निषेधाज्ञा छ ।

मङ्गलवार (भोलि) देखि अरू १० जिल्लामा पनि विभिन्न मितिमा लगाइएको निषेधाज्ञा सकिँदैछ । यी जिल्लाले पनि कोरोना सङ्क्रमणको जोखिम नघटेकाले निषेधाज्ञा लम्ब्याउने तयारी गरेका छन् ।

हिमाली र पहाडी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई सय र उपत्यका तथा तराई–मधेशमा पाँच सय पुगेमा अत्यावश्यकबाहेकका सबै क्षेत्रमा निषेधाज्ञा लगाउने सरकारको नीतिअनुसार विभिन्न जिल्लाले निषेधाज्ञा थप्दै गएका छन् ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend