वैदेशिक रोजगारको ठगीको आरोपमा पक्राउ परेका याख्खा ओभरसिज सञ्चालक भीमबहादुर रोक्का धरौटी बुझाएर छुटेका छन् । उनी २ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनी गत बुधबार पक्राउ परेका थिए । ओभसिजको मुद्दा सरकारी वकिल हुँदै श्रम विभागसम्म पुगेको थियो । सरकारले लागू गरेको ‘फ्रि भिसा फ्रि टिकट’ कार्यक्रम विपरित सेवाग्राहीबाट डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म असुली गरेको आरोपमा महानगरीय अपराध महाशाखाले महाराजगञ्जस्थित याख्खा ओभरसिज . माथि अनुसन्धान थालेको थियो । प्रहरीको अनुसन्धानले याख्खा ओभरसिजले माइग्रामका लागि भन्दै रोजगारीका लागि मलेसिया जाने युवासँग प्रति व्यक्ति १ सय २५ रिङ्गेट करिब ३ हजार ४ सय ६ रुपैयाँ) असुल्ने गरेको खुलेको छ । जसका लागि याख्खाले अनुमति नै नलिएको भेटिएको प्रहरीको भनाइ छ ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend