सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

कपिलवस्तुमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा जारी

कपिलवस्तुमा पनि जेठ मसान्तसम्म निषेधाज्ञा जारी

 

 

कपिलवस्तुमा थप निषेधाज्ञा जारी गरिएको छ । आइतबार जिल्ला प्रमुख अधिकारी चक्रपाणी पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जेठ मसान्तसम्म जारी गर्ने निर्णय गरेको हो । पाण्डेले संक्रमितको संख्यामा कमी नआएकाले निषेधाज्ञा जारी गरिएको बताएका छन् । यसभन्दा अगाडि जारी गरिएको निषेधाज्ञा २४ गतेको मध्य रातबाट सकिँदै थियो । कपिलवस्तुमा हालसम्म कोरोना भाइरसबाट ३ हजार १३६ जनामा संक्रमण देखिएको छ भने १६९ जनाले ज्यान गुमाएका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend