काठमाडौं । कोरोनाबाट बच्न र बचाउन नेपाल सुनचाँदी व्यवसाय महासंघले सचेतना अभियान शुरु गरेको छ। अभियानको पहिलो चरण अन्तर्गत महासंघले आइतबार भर्चुअल माध्यमबाट सचेतना कार्यक्रमको आयोजना गरेको हो। देशभरका झण्डै तीन सय व्यवसायी सहभागी सो कार्यक्रममा प्राध्यापक डा जगदिशप्रसाद अग्रवालले पर्याप्त सचेतना अपनाएमा कोरोनाबाट बच्न सकिने बताए।बैठकमा अग्रवालले अहिलेको अवस्थामा आफ्नो सुरक्षा आफैंगर्न अग्रसर हुनुपर्ने खाँचो औंल्याएका थिए।‘कोरोनाबाट बच्न रोगप्रतिरोधात्मक शक्ति बलियो हुनुपर्दछ। यसकालागि नियमति र अनुशासितरुपमा अभ्यास गर्नुपर्दछ। इम्युनिटी बढाउने कृयाकलाप गर्ने, स्वस्थ र सुखी रहने, सकारात्मक सोच राख्ने, पर्याप्त सुत्ने, रम्ने रमाउने, जस्ता कार्यहरु गर्दा लाभ पुग्छ,’ उनले भने। कोरोनाका कारण मृत्युदर विश्वमा २ प्रतिशत भन्दा बढी रहेपनि नेपालमा त्योभन्दा कम रहेको उनको भनाइ छ। ‘स्वस्थ शरिर नै मानिसको शक्ति हो’ भन्ने मूल नाराका साथ अगाडि सारिएको सो कार्यक्रममा कास्कको प्रयोग सबैभन्दा महत्वपुर्ण भएको अग्रवालले बताए। यसबाहेक हात धुने, सामाजिक दुरी कायम गर्ने र सजग बन्ने नै महत्वपूर्ण उपाय भएको उनको भनाइ छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend