काठमाडौँ । निवर्तमान् कृषि मन्त्री पद्म कुमारी अर्यालको कार्यकाल जेठ २१ बाट सकिएको छ । कार्यकाल सकिएसँगै उनलाई आज कृषि मन्त्रालयमा औपचारिक कार्यक्रम गरी बिदाई गरियो । उनले गत पुषबाट कृषि मन्त्रालयको मन्त्रीको पदभार सम्हाल्दै आएकी थिइन् ।
यो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि केही महत्वपूर्ण कामहरु सम्पन्न गर्ने मौका पाएको छु’, उनले भनिन् । जिम्मेवारीमा कतिसम्म रहिन्छ भन्ने ठूलो कुरा होइन । के गरिन्छ भन्ने महत्व हुने उनले बताइन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend