सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बुटवल र हेटौंडा अस्पतालमा गरि ५ जना कोरोना संक्रमितको मृत्यु

बुटवल र हेटौंडा अस्पतालमा गरि ५ जना कोरोना संक्रमितको मृत्यु

 

 

काठमाडौं । कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको आइसियू कक्षमा उपचारका क्रममा ३ जना पुरुषको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए ।

योसँगै कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचारका क्रममा २६ जना महिला र ५० जना पुरुष गरी कुल ७६ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सो अस्पतालमा रूपन्देही र अर्घाखाँचीका संक्रमितको मृत्यु भएको हो । उनीहरु दुबैजनाको अस्पतालको आईसीयूमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend