सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

किन भेला भए एघार देशका कम्युनिष्ट नेताहरु काठमाडौंमा

किन भेला भए एघार देशका कम्युनिष्ट नेताहरु काठमाडौंमा

बिभिन्न कम्युनिष्ट पार्टीहरुले कार्ल माक्सको सिद्घान्तलाई खरो रुपमा मानेको पाइन्छ । कार्ल माक्सलाई बर्षनी सम्झने पनि गरिन्छ । कार्ल माक्सको द्विशतवार्षिकीको अवसरमा आजदेखि अन्तराष्ट्रिय सेमिनार भव्य रुपमा भईरहेको छ । नेपालमा पनि कार्ल माक्सको सिद्घान्तलाई मान्ने कम्यूनिष्ट नेता कार्यकर्ता बिभिन्न कार्यक्रम गर्न व्यस्त छन् । कार्ल माक्सको योगदानका बारेमा विचार विमर्श गरिदै छ । आज देखी काठमाडौमा चलेको सेमिनारमा ११ देशका १५ कम्युनिस्ट, श्रमिक तथा समाजवादी पार्टीहरुको सहभागिता रहेको बताइएको छ । दुईदिने सेमिनारमा अस्ट्रेलियाको सोसलिस्ट एलायन्स, बंगलादेशबाट कम्युनिस्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी पार्टी अफ बंगलादेश र सोसलिस्ट पार्टी अफ बंगलादेशले सहभागिता छ ।
माक्र्सवादलाई अझ उन्नत बनाउनका लागि सेमिनार आयोजना गरिएको आयोजक समितिका संयोजक नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको भनाई छ । कार्ल माक्सको योगदानको महत्वलाई उजागर गर्न सेमिनारको तयारी थालिएको नेता नेपालले बताए ।
चीनबाट कम्युनिस्ट पार्टी अफ चाइना, जर्मनीबाट एमएलपिडी, भारतबाट कम्युनिस्ट पार्टी अफ इन्डिया र कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) लिबरेसन, जापानबाट जापानिज कम्युनिस्ट पार्टी सहभागी छन् । वर्कर्स पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिस्ट पार्टी अफ रसिएन फेडेरेसन, कम्युनिस्ट पार्टी अफ श्रीलंका र कम्युनिस्ट पार्टी अफ भियतनाम पनि सेमिनारमा सहभागी भएको आयोजकको भनाई छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend