शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

राजेन्द्र महतोको अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताको आयो यस्तो कडा संयुक्त वक्तव्य

राजेन्द्र महतोको अभिव्यक्ति विरुद्ध एमालेका १५ नेताको आयो यस्तो कडा संयुक्त वक्तव्य

 

 

काठमाडौं । शुक्रबार उपप्रधानमन्त्रीमा नियुक्त भएका जसपाका नेता राजेन्द्र महतोको अभिव्यक्तिको एमालेका १५ नेताले विरोध गरेका छन् । शनिबार एमालेका बरिष्ठ नेता माधव कुमार नेपालसहितका १५ नेताले एक संयुक्त वक्तव्य निकाल्दै नेपाली जनताबाट अस्वीकृत बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई महतोले पुनः उठाएको भन्दै आपत्ति जनाइएको छ । ‘विगतमा टुंगो लागिसकेको तथा संविधानसभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरी राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ’, नेपालसहितका नेताको संयुक्त वक्तव्यमा भनिएको छ ।

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend