शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

कम्युनिष्ट एकताबाट मात्र सामन्तवादका अवशेष समाप्त पार्न सकिन्छः प्रचण्ड

कम्युनिष्ट एकताबाट मात्र सामन्तवादका अवशेष समाप्त पार्न सकिन्छः प्रचण्ड

 

फाइल फोटो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताबाट मात्र सामन्तवादका अवशेष समाप्त पार्न सकिने बताएका छन ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय समितिद्वारा आज आयोजित ‘राष्ट्रिय प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम’को भर्चुअल उद्घाटन समारोहका क्रममा अध्यक्ष दाहालले यस्तो बताएका हुन ।

 

उनले शिक्षकसहित समाजका धेरै वर्गका माग सम्बोधन गर्न २० प्रतिशत युवालगायतलाई नीतिगत तहमा समेटेर लैजाने अवधारणा बनाइएको बताए। उनले संविधान, लोकतन्त्र र राष्ट्रियता रक्षाका विषय जनताका बीचमा पु¥याउन शिक्षकलाई आग्रह गरे ।

“नेपाली मौलिकताको जनवादी क्रान्तिको कोर्स पूरा भए पनि साम्राज्यवादविरुद्धको लडाइँ बाँकी नै छ”, उनले भने, “समाजवादी क्रान्तिबाट सामन्तवादका अवशेष समाप्त पार्न कम्युनिष्ट एकता र आन्दोलनबाट मात्र सम्भव छ ।”

उनले चुनाव घोषणा गरिसकेको सरकारले संविधान प्रतिकूल मन्त्रिपरिषद् पुनः गठन गरेको जिकिर पनि गरे । उनले यतिबेला कोरोना महामारीविरुद्ध सबै एकताबद्ध भएर जुध्न पनि अनुरोध गरे ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend