शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

 

 

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन । काठमाडौंको न्यूरोड बस्ने अजय श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा कागेश्वरी मनोहरा नगरपालिका ८ बस्ने ४९ वर्षीय विनोद कार्की सहित १५ जनालाई प्रहरीले पक्राउ हो ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जनसेवा र महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १३ लाख ४३ हजार रुपैयाँ, ३२ थान कौडा र ५ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले नियन्त्रणमा लिने क्रममा भाग्न खोज्दा घाइते भएका १ जनाको शिक्षण अस्पताल महाराजगंजमा उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend