नेकपा एमालेका नेता गोकर्ण विष्टले उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ बनाउने भनी दिएको अभिव्यक्तिको विरोध गरेका छन्।
यो अभिव्यक्तिको एमाले नेता विष्टले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध गरेका हुन्।
उपप्रधानमन्त्रीको पदभार ग्रहणपछि सञ्चारकर्मीसँग बोल्दै महतोले नेपाललाई ‘बहुल राष्ट्रिय राज्य’ बनाउने अभियान जारी रहेको बताएका थिए।
बिष्टले लेखेका छन्, “उपप्रधानमन्त्री राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने’ भनी दिएको अभिव्यक्ति भौगोलिक अखण्डता र राष्ट्रिय हित प्रतिकुल छ।”
उपप्रधानमन्त्री महतोको अभिव्यक्तिलाई विष्टले दुर्भाग्यपूर्ण भनेका छन्। “जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस प्रकारको अराजक र संविधान विरोधी अभिव्यक्ति आउनु दुर्भाग्यपूर्ण छ,” विष्टले भनेका छन्।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend