शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

सरकार पुर्नगठन प्रति युवा नेता रिजालको आपत्ति

सरकार पुर्नगठन प्रति युवा नेता रिजालको आपत्ति

 

 

काठमाडौं । एमाले माधब -झलनाथ समूहका युवा नेता राम प्रसाद रिजालले सरकार पुर्नगठन प्रति आपत्ति जनाएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा ठाकुर समूहलाई सरकारमा सहभागी बनाएर सरकार पुर्नगठन गरेपछि उनले यस्तो आपत्ति जनाएका हुन । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको लागी प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने र संसद विघटन फिर्ता लिनु पर्नेमा उल्टो मन्त्री परिषद पुर्नगठन गरेर मढभेड निम्त्याउन खोजेको आरोप लगाएका छन । ओलीले संसद विघटन फिर्ता लिएर एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई प्रधानमन्त्री बनाउनु पर्ने रिजालले सुझाव दिएका छन । एमाले एकताबद्ध बनाउने हो भने ओलीले आगामी अधिवेशनबाट एमाले अध्यक्ष छोडेर स सम्मान नेपाललाई अध्यक्ष हस्तान्तरण गर्नुपर्ने कुरामा समेत रिजालले जोड दिए ।

उनले ओलीपक्षले नेपाल लगाएत उनको पक्षलाई गरेको कारवाही विना शर्त फिर्ता हुनु पर्ने बताए ।उनले प्रधानमन्त्री ओलीको बानी नै आफू कमजोर हुँदा सहमति गर्ने र बलियो भए पछी सहमति तोड़ने चरित्रले एमाले पार्टी एकतामा बाधक भएको बताए ।प्रधानमन्त्री ओलीको कारण पार्टीमा भांडभैलो बढेकोले यसको दोषी ओली नै भएको भन्दै रिजालले यसको निकास ओलीले नै दिनु पर्ने बताए ।ओलीले हप्ता दिनभित्र प्रधानमन्त्री बाट राजीनामा दिनुपर्ने र संसद विघटन पनि आत्मोआलोचना गर्दै फिर्तालिनु पर्ने र पार्टीका संबै संरचनाहरू २०७५ जेठ २ को अवस्थामा व्युँताउनु पर्ने बताए । उनले फाल्गुन २८ को ओली गुटले गरेको एक पक्षीय निर्णयहरु खारेज गरे मात्र एमाले पार्टी एकताबद्ध हुने ठोकुवा गरेका छन । उनले पार्टी एकताबद्ध बनाउनका लागी सहमती कार्यान्वयन हुन नसके माधव कुमार नेपालको अध्यक्षतामा अर्को शक्तिशाली कम्युनिस्ट पार्टी घोषणा गर्नु पर्ने बताए । पार्टी एकता गर्नेकी नगर्ने कुरामा अब धेरै अलमल नगरी हप्ता दिन भित्रमा छिनोफानो गर्न नेता नेपाललाई उनले हार्दिक अपील समेत गरेका छन ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend