शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

आफू मन्त्री पदबाट बाहिरिएको एक घण्टा नबित्दै ज्ञवालीले यसरी गरेका थिए आफ्नो सम्पत्ति विवरण सार्बजनिक

आफू मन्त्री पदबाट बाहिरिएको एक घण्टा नबित्दै ज्ञवालीले यसरी गरेका थिए आफ्नो सम्पत्ति विवरण सार्बजनिक

 

 

काठमाडौं । निवर्तमान परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकारबाट बाहिरिएपछि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्‌। उनले आफ्नो सम्पत्ति विवरण सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्‌।

ज्ञवालीले झण्डै सवा ३ वर्ष परराष्ट्रमन्त्रीको जिम्मेवारीमा रहँदा आफूले पाएको तलब भत्ताबाट पार्टीलाई दिएको लेभी र कर कट्टीपछिको बचत विवरण सार्वजनिक गरेका छन ।

​उनले मन्त्रीकालमा विदेश भ्रमण बापतको लेभी ३ लाख १४ हजार ९ सय ३० र पारिश्रमिक बापतको लेभी ६ लाख २० हजार गरी ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टीको खातामा जम्मा गरिएको बिवरण उल्लेख गरेका छन्‌।

​साथै, कर बापतको ३ लाख ७२ हजार ४ सय ९१ रुपैयाँ सरकारी कोषमा दाखिला गरिएको र हाल आफ्नो बैंक खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ बचत रहेको विवरण ज्ञवालीले सार्वजनिक गरेका छन्‌।

‘हाल मेरो खातामा ७,४१,७७५।६० बचत रहेको र केही घरायशी सामान एवं दुई सयजति पुस्तक थपिनुबाहेक मन्त्री बनेलगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु ।’ उनले लेखेका छन्, ‘यस अवधिमा मेरो तर्फबाट विदेश भ्रमणवापतको लेभी ३ लाख १४ हजार ९३० र पारिश्रमिक वापतको ६ लाख २० हजार गरी जम्मा ९ लाख ३४ हजार ९ सय ३० रुपैयाँ पार्टी खातामा जम्मा भएको र पारिश्रमिकको कर कट्टीवापत ३ लाख ७२ हजार ४ सय ९२ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको छ।’

​उनले आफू मन्त्री हुँदा घरमा केही सामान र दुई सय जति पुस्तकहरू थपिएको उल्लेख गरेका छन्‌। ज्ञवालीले आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन र ल्यापटप हिजै मन्त्रालयलाई फिर्ता गरिसकेको र आज पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी रहेको पनि जानकारी दिएका छन्‌।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend