सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

‘प्रधानमन्त्रीज्यू ! नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुहोस्

‘प्रधानमन्त्रीज्यू ! नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउनुहोस्

 

 

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले नवनियुक्त उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोको बोलीमा लगाम लगाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन्।

शुक्रबार पदको शपथ खानासाथ मन्त्री महतोले बहुराष्ट्रिय राज्यको बहस निकालेको उल्लेख गर्दै पूर्वमन्त्रीसमेत रहेका नेता भट्टराईले यसले राम्रो संकेत नगरेको टिप्पणी गरेका हुन्। मन्त्री महतोको अभिव्यक्तिले देशलाई फेरि द्वन्द्वतर्फ फर्काउने आशंका नेता भट्टराईले गरेका हुन्।

 

‘पहिलो र दोस्रो संविधान सभामै असान्दर्भिक भइसकेको बहुराष्ट्रिय राज्यको बहस (शुक्रबार) नियुक्त भएका उपप्रधानमन्त्री पुनः उठाएछन्,’ भट्टराईले शुक्रबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘संकेत राम्रो छैन। देशलाई फेरि द्वन्द्वतिर फर्काउने यस्ता अभिव्यक्ति माथि लगाम लगाउनुहोला प्रधानमन्त्रीज्यू।’

उनका अनुसार संविधानको धारा ३ ले राष्ट्रको परिभाषा यसरी गरेको छ– ‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान् रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’ उनी भन्छन्, ‘अर्थात् विविधतामा आधारित नेपाली राष्ट्रियता नै हाम्रो साझा राष्ट्रियता हो।’
नवनियुक्त सहरी विकासमन्त्री राजेन्द्र महतो जनता समाजवादी पार्टीका नेता हुन्। ‘प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend