काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई छाडेर अर्का अध्यक्ष महन्थ ठाकुरको पक्षमा लागेका पाँचमध्ये तीन जना मन्त्री बनेका छन्।
साविक समाजवादी पार्टीबाट आएकामध्ये उमाशंकर अरगरिया, विमल श्रीवास्तव, रेनुका गुरुङ, कलुदेवी विश्वकर्मा र रुही नाज अध्यक्ष ठाकुरको पक्षमा लागेका छन्। उनीहरूमध्ये अरगरिया वन तथा वातावरणमन्त्री, श्रीवास्तव श्रम तथा रोजगारमन्त्री र गुरुङ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकराज्यमन्त्री बनेकी हुन।
पाँच जनाले गुट परिवर्तन गरेपछि विघटित प्रतिनिधि सभाको जसपा संसदीय दलमा ठाकुर पक्षको बहुमत पुगेको थियो। त्यही बलमा ठाकुरले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेका थिए।
केन्द्रीय कार्यकारिणी समितिमा भने यादव पक्ष बहुमतमा छ। यादव पक्षले ठाकुरसहित चार नेतालाई कारबाही गरेको छ भने ठाकुर पक्षले यादवलाई कारबाही गरेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend