फाईल तस्बिर
काठमाडौं । नवनियुक्त उपप्रधान एवम् शहरी विकासमन्त्री राजेन्द्र महतोले आफूहरुका अधिकांश माग पूरा भएकाले पार्टी सरकारमा सहभागी भएको बताएका छन् । सरकारमा रहुन्जेल पार्टीका माग मुद्दा कार्यान्वयनमा लागिपर्ने उनले बताए ।
शहरी विकास मन्त्रालयमा शुक्रवार राति पदभार सम्हाल्दै मन्त्री महतोले जनताको माग मुद्दा सम्वोधनको लागि सरकारमा सहभागी भएको बताएका हुन् ।महतोले सरकारमा बसेर पार्टीको एजेण्डा कार्यान्वयन गर्ने र आन्दोलनको तयारी पनि गर्ने बताए । ‘अधिकार र पहिचान सुशासन र समृद्धि हाम्रो पार्टीको एजेण्डा हो । बहुल राष्ट्रिय राज्यको स्थापनको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने यो पार्टीको एजेण्डा हो, यी कामको पार्टीको एजेण्डा अगाडि बढाउदै जाने हो’ महतोले भने । महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी भएको हो ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend