सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित जसपा सरकारमा जाने सम्भावना

आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित जसपा सरकारमा जाने सम्भावना

 

 

काठमाडौं । महन्थ ठाकुर पक्षको जनता समाजवादी पार्टी (जसपा) आज सरकारमा सहभागी हुने सम्भावना बढेर गएको छ। जसपाका एक नेताले दिएको जानकारीअनुसार ठाकुर पक्षका केही नेतालाई आज मन्त्री पदको शपथ गराउने तयारी गरिएको छ ।

आठ मन्त्री तथा दुई राज्य मन्त्रीसहित १० जनालाई मन्त्रिमण्डलमा सहभागी गराउने बुझिएको छ । यो बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष ठाकुरबीच यसअघि नै सहमति भइसकेको छ । उक्त सहमति अनुसार आज पहिलो लटमा केही नेताहरूले मन्त्री पदको शपथ लिने सम्भावना बढेको छ ।

हिजो चार घण्टा जति प्रधानमन्त्री निवास बालुवाटारमा जसपाका नेताहरूले प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिमा ठाकुर पक्षले २६ सदस्यसहित बहुमत जुटाएको दाबी निर्वाचन आयोग समक्ष पेश गर्ने तयारी पनि गरेको छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend