काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईको सामाजिक संजालमार्फत कडा टिप्पणी आएको छ । उनले गोरु दुहेर केही नहुने भन्दै नेकपा एमालेमा भइरहेको एकता प्रयासलाई व्यङ्ग्य गरेका छन् ।
डा भट्टराईले अहिले सत्तारुढ एमालेमा युवा नेताहरुमा रहेको एकता चाहनामाथि व्यङ्ग्य गर्दै गोरु दुहेर केही नहुने बताएका हुन् । उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीबाट इतर पक्षले केही नपाउने भन्दै व्यङ्ग्य गरेका छन ।
प्रधानमन्त्री ओली अहिले गलत बाटो हिँडिरहेको भन्दै डा भट्टराईले उनीबाट आशा गर्नु बेकार भएको टिप्पणी गरेका छन । उनले बेठीकका विरूद्ध विद्रोह गर्नु मानव अस्तित्वको सार भएको बताए ।
तर, ओलीविरुद्ध विद्रोह गर्नुपर्ने अवस्थामा एमालेमा अहिले एकताको प्रयास भइरहेकोमा उनले प्रश्न उठाएका छन् । उनको प्रश्न छ, अहिले प्रतिगमनको मूली बनेका ओलीविरुद्ध विद्रोह गर्न हाम्रा युवा नेताहरू किन आनाकानी गरिरहेछन् ?”

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend