काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले एमाले विभाजन भए माधव नेपाल पक्षलाई साथ दिने दोहोर्याएका छन् । गौतमले बिहीबारको एक भर्चुअल छलफलमा सो कुरा दोहोर्याएका हुन् । बिहीबार राजनीतिक विश्लेषक, बुद्धिजीवी र कार्यकर्तासँग भर्चुअल छलफल गरेका गौतमले फेरि पनि प्रतिनिधिसभा विघटन गरेर ओलीले एकपछि अर्को गर्दै प्रतिगमन निम्त्याएकाले साथ दिन नसक्ने बताएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहकार्य गर्न नसकिने भन्दै गौतमले त्यसका लागि नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग सम्बन्ध विच्छेद गर्नुपर्ने बताएका छन् । झलनाथ खनाल-माधव नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने अभियानमा रहेकामा भने उनले असन्तुष्टि जाहेर गरेका थिए । ओलीसँग सम्बन्ध विच्छेद गरेर तत्काल माओवादीसँग एकता गर्दा राम्रो सन्देश नजाने भन्दै उनले चुनावमा कार्यगत एकता गरेर जान भने सकिने सुझाब दिएका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend