सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीको राजनीति भविश्य नै संकटमा पर्ने गरी खनाल–नेपाल पक्षको बैठकले तेर्सायो फेरि नयाँ सर्त

प्रधानमन्त्री ओलीको राजनीति भविश्य नै संकटमा पर्ने गरी खनाल–नेपाल पक्षको बैठकले तेर्सायो फेरि नयाँ सर्त

फाईल तस्बिर

 

काठमाडौं । नेकपा एमाले नेता झलनाथ खनाल र माधव नेपाल पक्षका केन्द्रीय सदस्यहरूले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट राजीनामा गर्नुपर्ने नयाँ अनिवार्य शर्त अगाडि सारेका छन् ।

जेठ पहिलो सातासम्म जेठ २ गतेमा फर्किए सहमति हुने बताउँदै आएको खनाल–नेपाल पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनपछिको अवस्थामा ओलीको राजीनामा गर्नुपर्ने नयाँ शर्त अगाडि सारेका हुन् । बिहीवारको बैठकलाई अनौपचारिक छलफल भनिएकाले यसबारे कुनै निर्णय भने भएको छैन ।

खनाल–नेपाल पक्षका केन्द्रीय सदस्यको बिहीवार भएको भर्चुअल बैठकमा बोल्ने केन्द्रीय सदस्यले ओलीले राजीनामा गर्नुपर्ने माग गरेका छन । बोल्ने क्रममा जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, चुडामणि जंगली, जयन्ती राई लगायतले ओलीले साँच्चिकै एकता चाहेको भए अध्यक्षबाट राजीनामा दिनुपर्ने बताए ।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले ओलीले माधव नेपाललाई अध्यक्ष छाडे मात्र सहमति गर्नुपर्ने बताए । पूर्व सांसद समेत रहेकी निरु जैरुले पनि अहिलेकै नेतृत्वलाई स्वीकारेर पार्टी अघि बढ्न नसक्ने बताइन् । छलफलमा सहभागीमध्ये धेरैले पार्टी एकता जोगाउन अन्तिमसम्म पहल गर्न नेताहरूलाई सुझाव दिएका छन ।

अर्का नेता सुरेन्द्र पाण्डेले पार्टीलाई जेठ २ गतेमा फर्काएर सहमति खोज्न आफूहरूले व्यक्तिगत तवरमा प्रयास गरेको बताए । ‘एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो, उताबाट पनि पार्टी एकता गरौं भनेका छन् तर सहमतिको लक्षण देखिएको छैन,’ पाण्डेले भने ।
नेता भीम रावलले आफूमाथि कारवाही गरिएपछि औपचारिक वार्ता हुन नसकेको जानकारी गराए । बैठकमा झलनाथ खनालले भने वार्ताबाट निकासको सम्भावना नरहेको भन्दै पार्टी पुनर्गठन गरेर अगाडि जान प्रस्ताव गरेका छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend