काठमाडौं । नेकपा एमालेको खनाल नेपाल पक्षले केन्द्रीय समिति बैठक डाकेको छ । खनाल नेपाल पक्षका नेता युवराज ज्ञवालीका अनुसार पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न बैठक बोलाएको हो । उनका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजेलाई तोकिएको छ ।
सो समुहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए । अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा उनीहरु पुगेका छन । नयाँ पार्टी गठनबारे आएका सुझावसहित केन्द्रीय समिति बैठकमा समेत छलफल गरिने नेताहरुले बताएका छन् ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend