सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

अर्थमन्त्री खतिवडाले गरे सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार

अर्थमन्त्री खतिवडाले गरे सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार

बामगठबन्धन सरकारले बजेट सार्वजनिक गदै गत बर्षको कार्यक्तमलाई हेरफेर गरेको छ । कर प्रणालीमा सुधार र केही लोकप्रिय कार्यक्रम समावेश गरेर अर्थमन्त्री खतिवडाले बजेट सार्वजनिक गरे । गत बर्षको बजेचालु आर्थिक वर्षको यथार्थ बजेटमा २५ प्रतिशतले आकार बढाएर अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको यथार्थ खर्च १० खर्ब ४६ अर्ब रुपैयाँ हुने अनुमान गरेको थियो । चालु आर्थिक वर्षमा ५.९ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने सरकारको अनुमान छ । अर्थमन्त्री खतिवडाले सवारी साधन र घरजग्गा कारोबारमा कडा प्रहार गरेका छन्। १५० सिसीभन्दा ठुलो क्षमताका मोटरसाइकल र १ हजार सिसी क्षमताभन्दा ठुला सवारी साधनमा अन्तशुल्क बढाइएको छ । घरजग्गा कारोबारमा कर नलाग्ने रकमको सीमा ३० लाख रुपैयाँबाट १० लाख रुपैयाँमा घटाइएको छ । मन्त्री खतिवडाले तलब नबढाई सरकारी कर्मचारीलाई मासिक २ हजार रुपैयाँ महँगी भत्ता दिने घोषणा गरेका छन्। यसअघि पनि महँगी भत्ता कार्यान्वयनमा रहेकोमा गत आर्थिक वर्षमा २५ प्रतिशत तलब बढाउँदा त्यसलाई बढाइएको तलबमा समायोजन गरिएको थियो । अर्थमन्त्री खतिवडाले साना किसान सहकारीबाट ऋण लिएका सम्पूर्ण किसानको ऋण मिनाहाको घोषणा गरेका छन् । आउँदो आर्थिक वर्षमा खर र परालले छाएका घरलाई जस्ताको छाना मुनी ल्याउने घोषणा गरेका छन्। केही वर्षयता विवादित बन्दै आएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको रकम १ करोड रुपैयाँले बढाएर ४ करोड रुपैयाँ बनाइएको छ। यसका लागि ६ अर्ब ६० करोड रुपैयाँ खर्च हुनेछ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend