सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए

 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना संक्रमित निको भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ६ हजार ८९८ जना निको भएका हुन्। योसँगै नेपालमा कोरोना निको हुनेको संख्या ४ लाख ५४ हजार ३४४ जना पुगेको छ। यो कुल संक्रमण दरको ८० दशमलब २ प्रतिशत हो। मंगलबार थप ६ हजार ८५ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ६६ हजार ५८७ जना पुगेको छ।यस्तै मंगलबार थप ६८ जनाको मृत्यु भएसँगै हालसम्म ७ हजार ४५४ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend