शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रधानमन्त्री ओलीको टिप्पणी तानाशाही प्रवृत्ति भएको भन्दै कांग्रेस नेता डा कोइरालाले फर्काए यस्तो कडा जवाफ

प्रधानमन्त्री ओलीको टिप्पणी तानाशाही प्रवृत्ति भएको भन्दै कांग्रेस नेता डा कोइरालाले फर्काए यस्तो कडा जवाफ

 

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायीमाथि गरेको टिप्पणीलाई नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले ‘हारेको मानसिकता’ भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् सोमबार उनले प्रधानमन्त्री ओलीको टिप्पणी तानाशाही प्रवृत्ति भएको आरोप लगाए ।

प्रधानमन्त्रीको न्यायालय र कानून व्यवसायीहरूप्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै हो’, उनले आग्रह गरेका छन्, ‘सजग बनौँ, आ–आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौँ ।’

नेता कोइरालाले त्यस्तो तानाशाहलाई न्यायालयले पतन गराइदिने बताएका छन् । ‘तानाशाहहरूको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन’, उनले भनेका छन्, ‘हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालमा गणतन्त्र आएको नहुन सक्थ्यो ।’

 

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend