काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रवक्ता विश्व प्रकाश शर्माले ब्यक्तिको अभिव्यक्ति स्वतन्त्रता विरुद्ध शासकको भावनात्मक उत्तेजना सदैब निन्दनीय हुने बताएका छन ।
शर्माले सामाजिक सञ्जालमार्फत त्यस्तो बताएका हुन । उनले कालो कोट’ मा होइन ‘कालो सोच’ मा समस्या छ, प्रधानमन्त्रीलाई भनेका छन ।
उनले व्यक्तिको पहिचान अभिव्यक्तिमा हुने भन्दै देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकन प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन ।
उनले लेखेका छन ‘अरु बोले अराजक अभिव्यक्ति,आफु बोले अभिव्यक्ति स्वतन्त्रता ? विवेक बोल्ने पुर्व प्रधानन्यायाधीशहरु आउटडेटेड अनि आफ्नो आउटडेटेड राजनैतिक दर्शन चैं दिब्यज्ञान ? ‘
उनले भनेका छन ‘सम्माननिय, प्रधानमन्त्री , व्यक्तिको पहिचान अभिव्यक्तिमा हुन्छ, देशको प्रधानमन्त्री पदको गरिमा खस्काउने अभिव्यक्ति रोकौं अब ’
हिजो युवा संघको भर्चुअल बैठकमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका थिए । उनले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको आलोचना गदै ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ ? ’ भनेका थिए ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend