काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले नेकपा एमालेका नेता महेश बस्नेतलाई आफ्नै पार्टी मिलाउन सुझाव दिएका छन् ।
कांग्रेस फुटाउन सक्ने अभिव्यक्ति दिएका एमाले नेता बस्नेतलाई खतिवडाले आफ्नै पार्टी मिलाउन सुझाव दिएका हुन । उनले पूर्व मन्त्री बस्नेतलाई दिउँसो गाजा खाएर गफ दिन थालेको भन्दै व्यंग गरेका छन । नेपाली कांग्रेसका युवा नेता रामहरी खतिवडाले नेकपा एमालेका नेता महेश बस्नेतलाई आज सामाजिक संजालमार्फत यस्तो बताएका हुन ।
आफ्नो पार्टी दुई तिहाईबाट अल्पमतमा पुगेको र मुलुकलाई अध्यादेशबाट चलाइरहेको कुरा ख्याल गर्न बस्नेतलाई खतिवडाको सुझाव छ ।
‘पूर्व मन्त्री र माननीय दिउसै गाजा खाएर गफ दिन थालेछ्न। काङ्ग्रेस फुटाउने रे,’ उनले भने, ‘आफ्नो पार्टी दुई तिहाईबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केहि नेतालाई (माझ समुह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरण मार्फत देश चलाएको बिर्से कसो ? ’
नेता खतिवडाले एमाले नेता बस्नेतलाई अहपरण बन्द गर्न सुझाएका छन ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend