काठमाडौँ । तेलमा भएको मुल्यवृद्धि सम्वन्धमा विभिन्न सञ्चार माध्यमहरूमा आएको समाचारहरु प्रति नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले स्पष्टिकरण दिएको छ ।
खाने तेलमा भएको मूल्य बृद्धि बारे चासो बढेपछि संघले आज सोमबार एक विज्ञप्तिबारे यस बारेमा ध्यानाकर्षण जनाउँदै स्पष्टिकरण दिएको हो ।
प्रशोधित खाने तेलमा भएको मूल्यवृद्धिका विषयमा वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागबाट समेत पटक पटक चासो दिएपछि संघ आज आफ्नो स्पष्टिकरण दिएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “उद्योगहरुलाई चाहिने मुख्य कच्चापदार्थ क्रुड सोयाविन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अष्ट्रेलिया, युक्रेन लगायतका देशहरुवाट आयात गर्नुपर्दछ । यसरी मुख्य कच्चा पदार्थ अन्तराष्ट्रिय वजारवाट आयात गर्नु पर्दा अन्तराष्ट्रिय वजारको व्यापार अनुरुप नै नेपालको वजारको समेत मुल्यनिर्धारण हुने गर्दछ ।”
संघले तेलका लागि चाहिने कच्चा पदार्थ बाहिरी मुलुकबाट आयात गर्नुपर्ने भएपनि कोरोनाभाइरसको महामारीका कारण र विश्व राजनीतिमा आएका उतारचढावका कारण तेलको मूल्यमा बृद्धि हुन गएको स्पष्ट पारेको छ ।
संघले अन्तर्राष्ट्रिय बजारले नै नेपालको मूल्य निर्धारण गर्ने भएकाले मूल्यमा बृद्धि हुन गएको जनाएको छ ।
विगत करीव १६ महिनादेखि नै विश्वमा फैलिएको कोरोना भाइरसको महामारी तथा राजनीतिक उतारचढावका कारण तेलको मूल्यमा समेत अस्वभाविक रुपमा वृद्धि हुन गएको संघको स्पष्टिकरण छ । हालसम्मको मृल्य बृद्धि ऐतिहासिक रहेको संघको भनाइ छ ।
संघमा आवद्ध रहेका २० वटा प्रशोधित खाने तेल उत्पादन गर्ने उद्योगहरूले नियमित रुपमा आफ्ना उत्पादनहरु सोयाविन तेल, सनफ्लावर तेल उत्पादन गरी स्थानिय बजारमा वितरण तथा निकासी समेत गर्दै आइरहेका छन । (अर्थ डबलीबाट)
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend