काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा सदस्यमा उपनिर्वाचनमा नेपाली कांग्रेसका दृगनारायण पाण्डे विजयी भएका छन् ।सोमवार भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् । कांग्रेस उम्मेदवार पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाले समर्थन गरेको थियो । राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७८ मा सोमवार भएको मतदानमा २९७ मत खसेको थियो । लुम्बिनीमा कूल ३०० मतदाता रहेका थिए ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend