शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एमाले स्थायी कमिटी बैठक, घनश्याम भुसालसहित १२ नेतालाई कारबाही हुन सक्ने

एमाले स्थायी कमिटी बैठक, घनश्याम भुसालसहित १२ नेतालाई कारबाही हुन सक्ने

काठमाडौं । सत्तारूढ नेकपा एमालेको स्थायी समिति बैठक बस्दै छ। प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिले बिहान १० बजेका लागि पार्टीको स्थायी समिति बैठक बोलाएका हुन्।

एमाले सचिवालयका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बस्नेछ।

बैठकले माधव नेपाल पक्षका नेता घनश्याम भुसालसहित १२ नेतालाई कारबाही गर्ने सम्भावना छ। उनीहरूले स्पष्टीकरण नदिएकाले कारबाहीको निर्णय हुन सक्ने एमाले स्रोतले जनाएको छ। यसअघि ओलीले माधव नेपाल, झनाथ खनाल, भीम रावलसहित ११ नेतालाई साधारण सदस्यसमेत नरहने गरी एमालेबाट निष्कासन गरिसकेका छन्।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend