सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

लुम्बिनी प्रदेश राष्ट्रियसभाको उपनिर्वाचन आज

लुम्बिनी प्रदेश राष्ट्रियसभाको उपनिर्वाचन आज

काठमाडौं। लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुँदै छ। कोरोना महामारीकै बीच हुने उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनका तर्फबाट दृगनारायण पाण्डे र एमालेका तर्फबाट चन्द्रबहादुर खड्का उम्मेदवार छन्। निर्वाचन दाङ घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुनेछ ।

अहिले ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको छ । निर्वाचनमा कुल मतदाता ३ सय छन्। जसमा प्रदेश सांसदको संख्या ८३ छ भने स्थानीय तहका प्रमुख–उपप्रमुख र अध्यक्ष–उपाध्यक्ष गरी २१७ मतदाता रहेका छन्।

उपनिर्वाचनमा मतदाता नामावलीमा नाम नभएका चार जना मन्त्रीले पनि मत दिन पाउने भएका छन्। जनता समाजवादी पार्टी नेपालले कारबाही गरेर पद गए पनि पछि सर्वोच्च अदालतले पुनर्बहाली गरेका कल्पना पाण्डेय, सन्तोषकुमार पाण्डेय, सुमन शर्मा रायमाझी र विजयबहादुर यादवलाई पनि निर्वाचन आयोगले मताधिकार दिएको हो।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend