सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ठुलो संर्घष पछि साउदीको जेलबाट बन्दी जीवन बिताएर रिहा भए भुसाल

ठुलो संर्घष पछि साउदीको जेलबाट बन्दी जीवन बिताएर रिहा भए भुसाल

पैसा कमाएर सुखी र खुशी जिन्दगी बिताउने सवैको इच्छा हुन्छ । त्यहि खुशी सुखी जिबनको सपना बुनेर लाखौ नेपाली बिदेशी भुमीमा काम गर्न बाध्य छन् । थोरैको सोचे जस्तो भएकोे भएता पनि धेरैको भने बैदेशिक रोजगार कहाली लाग्दो छ । यस्तै भएको छ ३८ बर्षिया थानेश्वर भुसालाई । घरमा रहेका बुबा आमा र श्रीमतीलाई बिदेशबाट पैसा कमाएर खुशी बनाउने सपना दसा बन्न पुग्यो । भुसाल करिब ५ वर्षदेखि साउदीको जेलमा बन्दी जीवन बिताएर रिहा भएका छन् । उनलाई जेद्दास्थित महावाणिज्य दूतावासमा ल्याएको छ । उनलाई अब डिपोर्टेशन सेन्टरबमा पठाएर नेपाल फर्काउन अन्तिम प्रक्रिया पुरा गर्नुपर्नेछ । थानेश्वरसँगै साथमा नगेन्द्र लामा पनि जेलमुक्त भएका छन् । भुसाललाई जेलमुक्त गर्न प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी)ले ४५ लाख रुपैयाँ रकम संकलन गरेको थियो । युवा अवस्थामा नै विदेशिएका थानेश्वर अहिले ३८ वर्षका भए । गाडी चलाउँदै गर्दा उनको गाडी र अर्को गाडी ठोक्कियो । दुई गाडीसँग अर्को गाडी पनि आएर चेप्पियो र २ जनाको ज्यान गयो । साउदीको अदालतले दुर्घटनामा आफैं पनि घाइते भएका थानेश्वरलाई दोषी ठहर गर्यो र पीडित परिवारलाई १ लाख ५० हजार रियाल अर्थात ४५ लाख रुपैयाँ ब्लडमनी स्वरुप क्षतिपूर्ति भराउन थानेश्वरका नममा आदेश दिएको थियो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend