काठमाडौं । पूर्वअर्थमन्त्री वर्षमान पुनले बजेट कार्यान्वयन नहुने बताएका छन्। कामचलाउ सरकारले पूर्णआकारको बजेट ल्याउन नपाउने उनको टिप्पणी छ। उनले संसद पुनः स्थापना हुने र यो बजेट खारेज हुने बताए।
संसद पुनः स्थापना भएपछि नयाँ सरकारले बजेट ल्याउने उनको धारणा छ। कामचलाउ सरकारले करको दायरा बढाउने र घटाउने काम गर्न नसक्ने उनको भनाइ छ। कोरोना नियन्त्रणका कार्यक्रम भने ठिक रहेको उनले बताए। यदी कथम कदाचित चुनाव भइहाले चुनावलाई प्रभावित पार्नेगरी बजेट ल्याइएको उनले टिप्पणी गरे।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend