काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेट अध्यादेशमार्फत् कर्मचारीको तलब दुई हजार रुपैयाँले बढाएको छ ।
निजामती कर्मचारीमा सबैभन्दा उपल्लो तह मुख्यसचिवको तलब ६७ हजार एक सय ३६ रुपैयाँ पुगेको छ । त्यस्तै, सबैभन्दा तल्लो तह खरिदारको तलब २८ हजार ६ सय चार रुपैयाँ हुनेछ । कर्मचारीको तलब भत्ता के कति बढ्छ भन्ने कुरा बजेट भाषण आउनु अघि चासोको बिषयले हेरिएको थियो ।
अर्थमन्त्री विष्णु पौडेलले यसअघि अर्थमन्त्री हुँदा आर्थिक वर्ष २०७३–७४ मा पनि कर्मचारीको तलब वृद्धि गरेका थिए । जसले गर्दा उनी अर्थशास्त्री नभए पनि लोकप्रिय अर्थमन्त्रीका रुपमा चिनिन्छन् ।
| पद | विद्यमान तलब | नयाँ आर्थिक वर्षदेखि |
| मुख्य सचिव | ६५१३६ | ६७१३६ |
| सचिव | ६०६७६ | ६२६७६ |
| सहसचिव | ४७३७७ | ४९३७७ |
| उपसचिव | ४०३८० | ४२३८० |
| शाखा अधिकृत | ३५९९० | ३७९९० |
| नायब सुब्बा (अतिरिक्त तलबमान) | ३०८१६ | ३२८१६ |
| नायब सुब्बा | २८२०० | ३०२०० |
| खरिदार (अतिरिक्त तलबमान) | २७५६४ | २९५६४ |
| खरिदार | २६६०४ | २८६०४ |
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend