बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

विद्यार्थीलाई ल्यापटप किन्न सहुलियत ऋण, निःशुल्क सिम दिइने

विद्यार्थीलाई ल्यापटप किन्न सहुलियत ऋण, निःशुल्क सिम दिइने

काठमाडौं । सरकारले ल्यापटप खरिद गर्न विद्यार्थीलाई सहुलियत ऋण दिने भएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सार्वजनिक विद्यालय तथा क्याम्पसका उच्च माध्यामिक र सो भन्दा माथिका विद्यार्थीलाई वैकल्पिक सिकाइमा सहयोग पुर्‍याउने उद्देश्यले एक थान ल्यापटप खरिद गर्न ८० हजारसम्म सहुलियत कर्जा दिइने जानकारी दिए ।

२ वर्ष अवधिको उक्त कर्जा १ प्रतिशत ब्याजदरमा उपलब्ध हुने उनले बताए । त्यस्तै १६ वर्षभन्दा माथिका विद्यार्थीलाई एक थान सिमकार्ड निशुल्क उपलब्ध गराउने पौडेलले घोषणा गरे ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend