काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्माले निरंकुशतन्त्रका नन्दी भिरङ्गीहरुलाई परास्त गर्न एक भइ जुट्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले गणतन्त्र दिवसको शुभकामना दिँदै यस्तो आग्रह गरेका छन् ।
उनले त्याग बलिदानको बलमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको स्मरण गराएका छन् । उनले लेखेका छन् “त्याग बलिदानको बलमा प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र समावेशी समानुपातिक लोकतन्त्र जिन्दावाद जिन्दावाद भन्दै सबै उठौं ! निरंकुशतन्त्रका नन्दी भिरङ्गीहरुलाई परास्त गर्न एक भइ जुटौं !!”
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend