शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एक्कासी आर्कोशमा आएर नेपाली कांग्रेसका नेता प्रदीप पौडेल केपी ओलीमाथि खनिए, भयो यस्तो बवाल हेर्नुस भिडिओ

एक्कासी आर्कोशमा आएर नेपाली कांग्रेसका नेता प्रदीप पौडेल केपी ओलीमाथि खनिए, भयो यस्तो बवाल हेर्नुस भिडिओ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता प्रदीप पौडेलले केपी शर्मा ओलीले स्थिरता, नैतिकता, लोकतन्त्र, संसदीय व्यवस्था र बहुदलीय व्यवस्थाको कुरा गर्न नसुहाउने बताएका छन । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
संसद् छँदाछँदै अध्यादेशमार्फत ओलीले देश चलाउन खोजेको उनको आरोप छ । प्रतिनिधिसभा पूनःस्थापना भैसक्दापनि ओली सत्तामा बसेको र राजीनामा नदिएको पनि उनले स्मरण गराए ।कोभिडबाट मृत्यु हुनेहरुको संख्या अहिले आएजस्तो नभएको भन्दै अहिले आएको तथ्यांकभन्दा तीन गुणा बढि रहेको टिप्पणी उनले गरेका छन् । सबै ठाउँबाट राज्यको पहँुच नभएको उनको टिप्पणी छ ।

प्रधानमन्त्रीको कुर्सीमा बसेर ओलीले चुनाव गर्न चाहेको र चुनावमा धाँधली गर्न चाहेको पनि उनको भनाई थियो । केपी ओलीबाहेकको नेतृत्वमा राष्टिय सरकार बनाउन आफूहरु तयार रहेको पनि उनले विश्वास दिलाए । अध्यादेशमार्फत देश चलाउने व्यक्तिले देशमा निश्पक्ष चुनाव गराउनै नसक्ने पनि पौडेलको दाबी छ ।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend