शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रपतिको आह्वान

समृद्ध नेपाल, सुखी नेपाली’लाई सार्थक बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’लाई साझा राष्ट्रिय सङ्कल्प बनाउन आह्वान गरेकी छन्। गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले यस्तो आह्वान गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले यस ऐतिहासिक दिवसले सबै नेपालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा राष्ट्रिय एकता प्रवर्द्धन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय सङ्कल्प सार्थक बनाउन आह्वान गरेकी हुन् ।
चौधौँ गणतन्त्र दिवसका अवसरमा सन्देशमार्फत राष्ट्रपति भण्डारीले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारलाई सुनिश्चित गरिसकेका सन्दर्भमा तिनको प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास पनि व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले विश्वव्यापी कोरोना महामारी संक्रमणको दोस्रो तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्न आह्वान गरेकी छन् ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend