सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

उज्वल थापाको उपचारार्थ सहयोग करिब ७ हजार अमेरिकी डलर जुट्यो

उज्वल थापाको उपचारार्थ सहयोग करिब ७ हजार अमेरिकी डलर जुट्यो

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्वल थापाको उपचारार्थ करिब ७ हजार अमेरिकी डलर सहयोग संकलन भएको छ । उनको कोरोना भाइरस संक्रमणबाट स्वास्थ्य अवस्था जटिल बनेर मेडिसिटी अस्पतालमा उपचाररत छन ।

थापाको उपचारमा सहयोगका लागि ‘गोफण्डमी’मा आर्थिक संकलन अभियान सञ्चालन गरेको ७ घण्टामा करिब हजार अमेरिकी डलर संकलन भएको हो । २५ हजार अमेरिकी डलर संकलन गर्न लक्ष्य लिएर अभियान सुरु गरिएकोमा शुक्रबार साँझ साढे आठ बजेसम्म १५६ जनाबाट ६ हजार ९८० अमेरिकी डलर संकलन गरिएको हो ।

थापा मेडिसिटी अस्पतालको भेन्टिलेटरमा भर्ना भएका छन् । केही दिनअघि कोरोना संक्रमण देखिएपछि ग्राण्डी अस्पतालमा थापालाई भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल भएका कारण इक्मो प्रविधिबाट थप उपचार गर्नुपर्ने भएकाले ग्राण्डी अस्पतालबाट थापालाई मेडिसिटी अस्पताल पुर्‍याइएको हो ।

थापानिकट युवा भावना राउतका अनुसार इक्मो उपचारका लागि २५, ३० लाख रुपैयाँ परिवारले जुटाउन गाह्रो परेकाले युवाहरू मिलेर अहिले सहयोग आह्वान गरिएको हो ।

सहयोग गर्नका लागि ‘गोफण्डमी’का साथै आलोक सुवेदीलाई कुमारी बैंक मैतीदेवीको खाता नम्बर १९४०१०५०६५४००००१ मा आर्थिक सहयोग गर्न सकिने छ । खल्ती र ईसेवा एपबाट सहयोग गर्न मोबाइल नम्बर ९८१०२७६४७३ मा सम्पर्क गर्न सकिने छ ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend