शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

अव ओलीको हालत सिपीको जस्तै हुने भन्दै एमालेकै नेता प्रदिप नेपालले गरे यस्तो गम्भिर खुलासा

अव ओलीको हालत सिपीको जस्तै हुने भन्दै एमालेकै नेता प्रदिप नेपालले गरे यस्तो गम्भिर खुलासा

काठमाडौं। नेकपा एमालेका नेता प्रदिप नेपालले केपी ओलीको पछिल्लो घटनाक्रमले ओलीको अवस्था सिपी मैनालीको जस्तै हुने विश्लेषण गरेका छन्। नेपालले भने ‘केपी ओलीले आफूबाहेक अरुलाई चिन्नु पनि हुँदैन, वास्ता पनि गर्नुहुन्न। उहाँको स्वभाव अल्पमत हुँदा पनि निर्णय गर्ने हो, बहुमत हुँदा पनि निर्णय गर्ने हो। अहिले एक्लिदै हुनुहुन्छ। उहाँको हालत पनि सीपी मैनालीको जस्तै हुन्छ।’

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक, कानूनी र नैतिकरुपमा अप्ठेरोमा परेक छन्। तीन महिनाको बीचमा ओलीले दुईपटक संसद् विघटन गरेपछि एक्लिएका हुन्। पहिलोपटक संसद् विघटन गर्दा भन्दा दोस्रोपटकको संसद् विघटनले प्रधानमन्त्री ओलीलाई थप कमजोर पारेको राजनीतिक विश्लेषकहरुले बताउदै आएका छन्।

पहिलोपटक संसद् विघटन गर्दा ओली शक्तिशाली नेकपाका अध्यक्ष थिए, जोसँग झण्डै दुई तिहाई सांसद पनि थिए, तर दोस्रो संसद् विघटनसम्म पुग्दा ओलीसँग ९३ सांसद मात्रै थिए।

पाँच राजनीनतिक दलले घोषितरुपमा विपक्षी गठबन्धन बनाएर संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध कानूनी र राजनीतिक संघर्ष सुरु गरेका छन्। उनीहरुले ओलीविरुद्धको गठबन्धन फराकिलो बनाउने रणनीति लिएका छन्। यो समाचार लोकपाटीबाट साभार गरिएको हो ।

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend