फाईल तस्बिर
काठमाडौं। पाल्पामा आठ वर्षीया बालिका आफ्नै बुबाबाट बलात्कृत भएको प्रहरीले जनाएको छ। छोरीलाई बलात्कार गरेको आरोपमा बगनासकाली गाउँपालिका २ बस्ने ३१ वर्षीय पुरुषलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ। ती पुरुषले आफ्नै छोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend