सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धरानको एक प्रहरी चौकीमा खुकुरी हानाहान, चौकीका इञ्चार्ज घाइते

धरानको एक प्रहरी चौकीमा खुकुरी हानाहान, चौकीका इञ्चार्ज घाइते

निमा पोङ्सुवाको फेसबुकबाट
विराटनगर । आज साँझ धरानको एक प्रहरी चौकीमा हतियारधारी युवकहरूको एक समूहले आक्रमण गरेका छन् । घरेलु हतियारसहित ८, ९ जनाको समूहमा पुगेको युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको थियो । उनले भने, पछिपछि आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोज्यो । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज घाइते भएका छन् ।’

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको खोजी भइरहेको एसपी थापाले बताए । घटनामा सात जना संलग्न रहेको भन्दै उनले भने, ‘नाका सिल गरेर खोजी गरिरहेका छौं ।’

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend