बिहिबार, कार्तिक १३ २०८३

बिहिबार, कार्तिक १३ २०८३

बालुवाटार , शितलनिवास हुँदै सभामुखको समेत सातो जाने गरी संविधानविद् डा भीमार्जुन आचार्यले दिए फेरि यस्तो अभिब्यक्ति

बालुवाटार , शितलनिवास हुँदै सभामुखको समेत सातो जाने गरी संविधानविद् डा भीमार्जुन आचार्यले दिए फेरि यस्तो अभिब्यक्ति

काठमाडौं । संविधानविद् डा भीमार्जुन आचार्यले अहिलेको यो संकटपूर्ण अवस्थाको दोषी प्रधानमन्त्री र राष्ट्रपति मात्रै नभएर सभामुख अग्नि प्रसाद सापकोटा पनि उत्तिकै दोषी रहेको टिप्पणी गरेका छन । उनले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली मात्रै अहिलेको संकटको कारण नभएको बताए । सभामुख अग्निप्रसाद सापकोटाले बिहीबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको कडा आलोचना गर्दै आइरहेका आचार्यले अहिलेको संकट निम्तिनुमा सभामुख सापकोटा पनि उत्तिकै दोषी रहेको टिप्पणी गरे।

अहिलेको यो संकटपूर्ण अवस्थाको दोषी प्रधानमन्त्री र राष्ट्रपति मात्रै होइन, सभामुख पनि हुन्, उनले भने, “मान्छे मारेको भन्दा ठूलो अपराध राष्ट्रपति र प्रधानमन्त्रीले गरेका छन् । यो जघन्य कसुर हो। तर यस अवस्थामा संसद र प्रतिपक्षी मूकदर्शक भए, रमिते बने।यो छलफल पनि कुरा बिग्रिएपछि आयोजना गरिएको छ। एउटा ठूलो जालझेल र षड्यन्त्र राष्ट्रपति र प्रधानमन्त्रीले गरिरहे तर सभामुख र प्रतिपक्षले रोक्न सकेनन्,।” उनले भने, “एउटै कार्यकालमा संविधानका सबै धाराबाट प्रधानमन्त्री बन्न खोजे ओलीले। उनले संविधानलाई घात गर्दा सभामुख रमिते बनिरहे।” उनले प्रधानमन्त्रीले ठूलो जालझेल गरेको आरोप पनि लगाए।

आचार्यले संविधानको धारा ७६ उपधारा २ अनुसार प्रधानमन्त्री चयन भइसकेको अवस्थामा उपधारा ३ मा नलगेर बदनियत गरिएको बताए। ओली संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भइसकेका थिए। यसअनुसार वैशाख २७ मा राष्ट्रपतिले उपधारा ३ को सरकार आह्वान गर्नुपर्थ्यो, उनले भने, “उपधारा ३ को बनेपछि उपधारा ५ को हुनुपर्थ्यो। तर २ कै पूर्व योजना अनुसार ‌ओलीलाई नै प्रधानमन्त्री बनाएर गडबडी गरियो।”

आचार्यले धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा प्रतिपक्षीले दाबी गर्नु ठूलो गल्ती रहेको बताए। उपधारा २ अनुसार विपक्षीले प्रधानमन्त्रीमा दाबी गर्न जानु गम्भीर गल्ती भयो। उता उपधारा ४ अनुसार विश्वासको मत प्राप्त गर्न नसकेमा मात्रै ५ मा जाने हो, उनले भने, ‘पद नै रिक्त नभएको अवस्थामा त्यही पद पूर्तिका लागि आह्वान गरियो। ओलीले राजीनामा दिएका थिएनन्, विश्वासको मत पनि लिएका थिएनन्। यो अवस्थामा अर्को प्रधानमन्त्री कसरी चयन हुन्छ ? ”

यति ठूलो संवैधानिक घात भइसक्दा पनि संसदले नोटिस नगरेको भन्दै आचार्यले सभामुखको कडा आलोचना गरे। यति ठूलो संवैधानिक छल भइसक्दा पनि संसदले नोटिस गर्नु पर्दैन ?  यस्तो निकम्मा र नालायक संसद र प्रतिपक्ष भइसकेपछि आक्रमण त भइ हाल्छ नि, उनले भने, ‘सर्वोच्चले पहिले नै गरेको फैसलालाई ख्याल गरेर स्थिरताको सिद्धान्तमा रहन सक्नुपर्छ। उसले पनि आफ्नो फैसलाभन्दा बाहिर जानु हुँदैन।” आचार्यले संविधानको ७६ (३) देखि (५) सम्मको प्रक्रिया पूरा नभएकाले संसद पुनस्स्थापना हुने सबै सम्भावना बलियो रहेको बताए। उनले अब संसद नफर्किएसम्म सभामुखले केही गर्न सक्ने अवस्था नरहेको पनि जिकिर गरे।

 

© 2026 All right reserved to khabarbreaking.com | Site By : SobizTrend